Nepal Has Made Its Own Search Engine- Nepal's First Search Engine

नेपालीले बनाए देशकै पहिलो सर्च इन्जिन

स्वदेशी सर्च इन्जिनबाटै अब इन्टरनेटमा रहेका जानकारी र तस्बिर खोज्न सकिने भएको छ । ईबजएसिया प्रालिले अंग्रेजी भाषाको नेपालको पहिलो ईबजएसिया डटकम (ebuzzasia.com) नामक सर्च इन्जिन सञ्चालनमा ल्याएपछि त्यस्तो सुविधा प्राप्त भएको हो।

सन् २००६ देखि अनुसन्धान तथा विकास सुरु भएको यो सर्च इन्जिन २०११ मा बजारमा आएको हो। अनडिजिटलाइज डाटालाई डिजिटलाइज गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै कम्पनीका अध्यक्ष ईश्वरचन्द्र प्रधान भन्छन्, “नेपालको सम्पूर्ण डाटा राख्न अझै ५० वर्ष लाग्नेछ।” प्रत्येक दिन करबि ३० हजार सामग्री राखिरहेको इबजएसियाले निकट भविष्यमै सोसियल नेटवर्क स्थापना गरी फ्रि इमेल सेवा सुरु गर्ने भएको छ।

नेपालका लागि सबैभन्दा बढी वेबसाइट, तस्बिर, सूचना सर्च गर्नका लागि ईबजएसिया नै निकट भविष्यमा भरपर्दो माध्यम बन्ने कम्पनीको दाबी छ। अन्य सर्च इन्जिनहरूले नेपाललाई त्यति प्राथमिकतामा नराखेको अवस्थामा यो सर्च इन्जिन महत्त्वपूर्ण हुने पनि कम्पनीको विश्वास छ।
देश/राजनीति/समाचार
विविध मनोरन्जन
विदेश
विचित्र संसार

नेपाली गीतहरु _(+More...)

नेपाली फिल्मी गीतहरु ___ (+More...)